सङ्क्रमितमध्ये ५६ प्रतिशत निको, सङ्क्रमण अझै बढ्न सक्ने

सङ्क्रमितमध्ये ५६ प्रतिशत निको, सङ्क्रमण अझै बढ्न सक्ने

काठमाण्डौ – कोरोना सङ्क्रमितमध्ये ५६ दशमलव ५ प्रतिशत निको भएका छन् ।

गएको २४ घण्टामा ५ सय ६९ जना निको भएसँगै कोरोना जित्नेको संख्या २० हजार ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार १२ हजार ६ सय २९ जनाको परीक्षण गर्दा ३ सय ३४ महिला र ७ सय ७७ पुरुष गरी एक हजार एक सय ११ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३५ हजार ५ सय २९ पुगेको छ ।

बिहीबार सबैभन्दा धेरै काठमाण्डौमा २ सय ७० जना थपिएका छन् । काठमाण्डौमा २ सय ७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जनालाई कोरोना पुष्टि भएको हो । एकैदिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो ।

१ सय ४७ जनाको आईसीयू र १७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । अहिलेसम्म ६ लाख ४७ हजार ८ सय ८१ जनाको पीसीआर परीक्षण गर्दा ३५ हजार ५ सय २९ जनाको रिपोर्ट पोजेटिभ आएको हो । अहिले ६ हजार २ सय १० जना होम आइसोलेशनमा छन् । ९ हजार ४ सय ८८ जना भने क्वरेण्टीनमा रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

५ सयभन्दा माथि सङ्क्रमित भएको जिल्लाको संख्या बढेको छ । काठमाण्डौ, ललितपुर, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सर्लाही गरी ८ जिल्लामा सङ्क्रमितको संख्या ५ सयभन्दा धेरै छ । मुस्ताङ र हुम्लामा मात्र सङ्क्रमितको संख्या शून्य छ ।

सङ्क्रमण अझ बढ्ने : स्वास्थ्य मन्त्रालय

सरकारले कोरोना भाइरसको सङ्क्रमण आउँदाे केही दिनमा थप बढ्ने आँकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सङ्क्रमण दर दिनप्रतिदिन बढिरहेकाले केही दिनमा थप वृद्धि हुने बताउनुभयो ।

उहाँले सङ्क्रमण वृद्धि भएसँगै थप चुनौतीको सामना गर्नुपर्ने भएकाले सचेत हुन आग्रह गर्नुभयो । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र  घनाबस्ती भएको ठाउँमा अहिले सङ्क्रमण बढीरहेको उहाँको भनाइ छ । उहाँले सङ्क्रमण देखिएपछि आइसोलेशनमा र लक्षण नभएकाहरु सम्भव भएसम्म घरमा आइसोलेशनमा बस्न अनुरोध गर्नुभयो ।

प्रवक्ता डा. गौतमले सङ्क्रमण अझ बढ्ने भएकाले सबैले आफ्नो जीवनशैली परिवर्तन गर्न आग्रह गर्नुभयो । सकारात्मक सोच र चिन्तन गरी सबैले आ-आफ्नो ठाउँबाट सङ्क्रमणको रोकथाम र नियन्त्रणमा एकजुट हुन जरुरी रहेको उहाँको भनाइ छ ।

उहाँका अनुसार कोभिड-१९ को रोकथामको प्रमुख उपाय खोप र जनस्वास्थ्यका मापदण्डको पालना रहेको छ । सङ्क्रमणको नियन्त्रण र रोकथामका लागि विश्वमा भइरहेका अनुसन्धान प्रयासको सरकारले अध्ययन गरिरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : शुक्रबार, भाद्र १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij