सैनामैना-रुपन्देहीको सैनामैना नगरपालिका ५ बुद्धनगरमा ट्रकको ठक्करवाट पैदल यात्रीको मृत्यु भएको छ ।
शुक्रवार विहान सवा ५ वजेको समयमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना ६ ख ५७०२ नं. को ट्रकले पैदल यात्री सैनामैना नगरपालिका ६ बस्ने बर्ष १६का बिनोद बि.क. लाई ठक्कर दिदा घाईते भएका थिए ।
घाईते बिकलाई उपचारको लागी लुम्बिनी प्रादेशीक अस्पताल बुटवल लगिएकोमा उपचारकै क्रममा मृत्यू भएको ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालक ईलाका प्रहरी कार्यालय सालझण्डीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाएको जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्