बुटवल- ‘पहिलो पटक भेट हुँदा’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतलाई गज्जब टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । दिनेश थपलियाको शब्द रहेको गीतमा गायक सरोज ओली र रचना रिमालको स्वर रहेको छ ।
गीतमा अर्जुन पोखरेलले संगीत भरेका हुन् । सार्वजनिक गीतको भिडियोमा अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाहले रोमान्टिक प्रस्तुति दिएका छन् ।
कविराज गहतराजले निर्देशन गरेको गीतको भिडियोलाई नवराज उप्रेतीले छायांकन र अमन मानन्धरले सम्पादन गरेका हुन् ।
पल र पूजाको जोडी लामो समयपछि म्युजिक भिडियोमार्फत प्रस्तुत भएका हुन् । यी दुई अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ कोरोना संक्रमण फैलिने जोखिमका कारण हल बन्द भएपछि हुन सकेन ।
फिल्म रोकिएकै बेला यी दुई म्युजिक भिडियोमा व्यस्त रहेका छन् ।
प्रकाशित मिति : शुक्रबार, भाद्र १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]