बुटवल-शुक्रबार बुटवल उपमहानगरपालिकाका २४ जना सहित रुपन्देहीमा ५२ जना नयाँ कोभिड–१९ संक्रमित थपिएका छन्।
जिल्लाका विभिन्न ल्याबमा गरिएका परीक्षण अनुसार दिउँसो ४ बजेसम्म रुपन्देहीका ६ पालिकाका ५२ जनामा संक्रमण पुष्टि भएका स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिनुभयोे।बुटवल उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख कुन्दन कुमार सिंहका अनुसार १४ जना पुरुष र १० जना महिलामा संक्रमण पुष्टि भएको हो।
जसअनुसार वडा नं ३र५र६र८ मा १(१ जना, ९ मा ८ जना, १२ मा ४ जना र १३ मा २ जनामा संक्रमण भएको छ। त्यसबाहेक बुटवल क्षेत्र उल्लेख भएका अरु ६ जना छन्।
बुटवलमा यो सँगै संक्रमितको संख्या २५८ पुगेको छ भने सक्रिय संक्रमित २०७ जना रहेका छन्। ५१ जना भने संक्रमणमुक्त भएका छन्।
प्रकाशित मिति : शुक्रबार, भाद्र १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्