कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ जना महिला र ८ जना पुरुषको मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार मोरङका ५६ र ६५ वर्षीया महिलाको मृत्यु भएको छ ।भक्तपुरका ६४ वर्षीया र मकवानपुरका ७४ वर्षीया महिलाको पनि कोरोनाकै कारण ज्यान गएको छ ।यस्तै, उदयपुरका ५२ वर्षीय पुरुष, पर्साका ७२ वर्षीय पुरुष, रुपन्देहीका ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।

यसैगरी धनुषाका ४५ वर्षीय, सिराहाका ५५ वर्षीय, झापाका ८३ वर्षीय, चितवनका ५१ वर्षीय र कास्कीका ५२ वर्षीय पुरुषको मृत्यु भएको प्रवक्ता गौतमले बताए ।

हालसम्म देशभर १९५ जना संक्रमितको मृत्यु भएको छ । नेपालको मृत्युदर ० दशमलव ५३ प्रतिशत रहेको गौतमले जानकारी गराए ।

प्रकाशित मिति : शुक्रबार, भाद्र १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij