प्रदेश ५ मा शुक्रबार ७२ जना कोरोना भाइरसका संक्रमित थपिए

प्रदेश ५ मा शुक्रबार ७२ जना कोरोना भाइरसका संक्रमित थपिए

बुटवल-प्रदेश ५ मा शुक्रबार ७२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। प्रदेश ५ सामाजिक विकास मन्त्रालयको दैनिक मिडिया ब्रिफिङमा मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले ७२ जना संक्रमितमध्ये ३९ पुरुष र ३३ जना महिला रहेको बताए।

उनका अनुसार शुक्रबार सबैभन्दा बढी रुपन्देहीमा ५२, बाँकेमा १५, रोल्पामा ३, कपिलवस्तु र नवलपरासी पश्चिममा १-१ जना रहेका छन्।

यो सँगै प्रदेश ५ मा संक्रमितको संख्या ६१०१ पुगेको छ। जसमध्ये १२९७ जना सक्रिय संक्रमित हुन्। उनीहरुमध्ये १०-१५ प्रतिशतमा कोरोना भाइरसको लक्षण देखिएको छ।

संक्रमितमध्ये १०५ जना स्वास्थ्यकर्मी रहेका छन्। अधिकांश स्वास्थ्यकर्मी संक्रमणमुक्त भइसकेका छन्।

प्रदेश ५ मा ४७०३ जना संक्रमणमुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ।

शुक्रबारसम्म प्रदेश ५ मा १०४ जनाको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ। जसमध्ये १६ जना आइसीयूमा छन् र तीमध्ये २ जनालाई भेन्टिलेटरमा राखिएको छ। २ जनाको अवस्था चिन्ताजनक छ।

डा पौडेलका अनुसार बुटवलको कोरोना अस्पतालमा २० जना, भीम अस्पताल भैरहवामा १७ जना, सुशील कोइराला अस्पताल बाँकेमा ३१ जना र बेलझुण्डी दाङको अस्पतालमा ३६ जना संक्रमितको सामान्य अवस्थामा उपचार भइरहेको छ।

संक्रमण देखिएका ८७ जना अझैपनि क्‍वारेन्टिनमै रहेका छन्। उनीहरुलाई आइसोलेशनमा लैजाने तयारी भएको डा पौडेलले बताए।

प्रदेश ५ मा शुक्रबारसम्म १४७६ जना क्‍वारेन्टिनमै बसेका छन्। यस्तै प्रदेश ५ मा शुक्रबारसम्म ९७ हजार ५९१ जनाको पीसीआर परीक्षण गरिएकोमा ९४ हजार ६१९ जनाको नतिजा आएकोमा ६१०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

२९७२ जनाको स्वाब परीक्षण हुने क्रममा रहेको छ। जसमध्ये राष्ट्रिय प्रयोगशाला काठमाडौंमा ३२०, भैरहवास्थित प्रादेशिक प्रयोगशालामा १२७८, भेरी अस्पताल बाँकेमा ६०६, राप्ती स्वास्थ्य विज्ञान प्रयोगशाला दाङमा ५२२ र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा २४६ जनाको स्वाब परीक्षणको क्रममा रहेको पौडेलले बताए।

प्रकाशित मिति : शुक्रबार, भाद्र १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij