भैरहवा
रुपन्देहीमा १५ जना नयाँ कोभिड–१९ संक्रमित थपिएका छन्। जिल्लाका विभिन्न ल्याबमा गरिएका परिक्षण अनुसार साँझ साढे ४ बजेसम्म रुपन्देहीका ५ पालिकाका १५ जनामा संक्रमण पुष्टि भएका स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहलेलाई जानकारी दिनुभयो।शाहका अनुसार सिद्धार्थनगरमा ७ जना, बुटवल उपमहानगरपालिका ३ जना, तिलोत्तमा २, ओमसतियामा २ र रोहिणीमा १ जनामा संक्रमण देखिएको छ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा, लुम्बिनी प्रादेशिक अस्पतालको ल्याब र र नेशनल प्याथ ल्याबबाट आएको रिर्पोट अनुसार ७ महिला र ८ पुरुषमा संक्रमण देखिएको छ।
आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या ८ सय ८० पुगेको छ भने मृतकको संख्या ८ पुगेको छ। जिल्लामा ३६० जना निको भएर फर्किसकेका छन्, ५१२ जना सक्रिय संक्रमित उपचाररत छन्।
प्रकाशित मिति : शनिबार, भाद्र १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्