तिलोत्तमाको आग्रह—सोह्र श्राद्ध कार्यमा वैकल्पिक विधि अपनाऊँ

तिलोत्तमाको आग्रह—सोह्र श्राद्ध कार्यमा वैकल्पिक विधि अपनाऊँ

 

तिलोत्तमा- समुदाय स्तरमा कोरोना संक्रमण बढ्दै गैरहेको अवस्थामा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सोह्रश्राद्ध अर्थात् पितृपूजन कार्य वैकल्पिक तरिकाले गर्न नगरबासीलाई आग्रह गरेको छ । कोरोना सङ्क्रमणको महामारी रोक्न नगरपालिकाले यथासक्य भर्चूअल माध्यमबाट सोह्र श्राद्ध गर्न नगरबासीलाई अपिल गरेको हो ।

कोरोना महामारीपछि भर्चूअल माध्यमबाट औपचारिक बैठक, छलफल, शिक्षण सिकाइ क्रियाकलाप भैरहेको अवस्थामा तिलोत्तमाले सोह्रश्राद्ध कार्यमा समेत सम्भव भएसम्म प्रविधिको प्रयोग गर्न वा वैकल्पिक विधि अपनाउन नगरबासीलाई अपिल गरेको हो ।

विभिन्न स्थानमा पुरोहितमा समेत कोरोना संक्रमण भेटिएको र सोह्र श्राद्धमा एक जना पुरोहित एक दिनमैं धेरै ठाउँ जाने प्रचलन रहेकोले सकेसम्म वैकल्पिक विधि अपनाउन भनिएको नगरपालिकाले जनाएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण पितृ पक्षमा गरिने सोह्रश्राद्ध अर्थात् पितृपूजन यस वर्ष भदौ १७ गतेबाट सुरु हुँदैछ । नगरपालिकाले सूचना जारी गर्दै सोह्रश्राद्ध कार्यमा आफन्त, छरछिमेकी, इष्टमित्र, बन्धुबान्धवलाई आमन्त्रण नगरी परिवारका सदस्यहरू मात्रै सामेल हुने व्यवस्था मिलाउन पनि सबैमा आग्रह गरेको छ ।

महामारीको समयमा पनि परम्परागत संस्कार, संस्कृति, धर्मको जगेर्ना गर्नु सबैको कर्तव्य रहेकोले तोकिएकैं तिथिमा गर्नुपर्ने सोह्रश्राद्ध कार्यमा यसपटक वैकल्पिक विधि अपनाउन सकिने विषयमा गुरु—पुरोहितले आफ्ना यजमानलाई समयमैं जानकारी गराउने, सोह्रश्राद्ध गर्नेले समेत आफ्ना गुरु—पुरोहितबाट यसबाट जानकारी लिनुपर्ने नगरपालिकाले जनाएको छ । यस्तै नगरपालिकाले जन्म, न्वारन, व्रतबन्ध, विवाह, मृत्युसंस्कार जस्ता कर्म पनि पारिवारिक रुपमा गर्न भनेको छ

प्रकाशित मिति : शनिबार, भाद्र १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij