सैनामैना नगरमा भदाै २० गतेसम्म लकडाउन कायमै रहने

सैनामैना नगरमा भदाै २० गतेसम्म लकडाउन कायमै रहने

बुटवल-रुपन्देहीको सैनामैना नगरपालिकाले लकडाउन थप लम्बाउने निर्णय गरेको छ । आज बसेको नगर विपद् व्यवस्थापन समितिको बैठकले भदौ २० गतेसम्म लकडाउन लम्बाउने निर्णय गरेको नगरपालिकाका जनस्वास्थ्य प्रमुख हेमराज पन्थीले जानकारी दिए ।

आइतबार सैनामैना नगरपालिका कोरोना संक्रमितको संख्या थपिएपछि नगरले लकडाउन लम्बाउने निर्णय गरेको हो । नगरमा ६ जना पुरुष र १ महिला गरी ७ जना संक्रमित थपिएका हुन् । वडा नम्बर ४ मा ३ जना र २, ३ , ६ र ९ मा १र१ जना संक्रमित थपिएको बताए ।

सैनामैना नगरपालिकामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि भदौ १ गतेदेखि ७ गते राती १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो । तर जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लाभर नै कोरोना संक्रमण समुदायस्तरमा फैलिएको भन्दै भदौ २ गतेदेखि १४ गते राति १२ बजेसम्म लकडाउन गरेको छ ।

प्रकाशित मिति : आइतबार, भाद्र १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij