कोरोनाले विश्वमा आठ लाख ६० हजार बढीको मृत्यु

कोरोनाले विश्वमा आठ लाख ६० हजार बढीको मृत्यु

बुटवल-महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण विश्वमा आठ लाख ६० हजार बढीको मृत्यु भएको छ ।

एकै दिन पाँच हजार आठ सय ११ जनाले ज्यान गुमाएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या आठ लाख ६० हजार दुई सय ६५ पुगेको हो । हालसम्म विश्वमा दुई करोड ५८ लाख ८८ हजार नौ सय ७९ जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा दुई लाख ५६ हजार आठ सय ९२ जना नयाँ संक्रमित थपिए ।

संक्रमितमध्ये एक करोड ८१ लाख ७१ हजार एक सय २८ जना उपचारपछि घर फर्किएका छन् । ६८ लाख ५७ हजार पाँच सय ८६ जना उपचाररत रहेकोमा ६१ हजार एक सय १२ जनाको अवस्था गम्भीर छ ।

हालसम्म सबैभन्दा बढी प्रभावित अमेरिकामा कोरोनाका कारण एक लाख ८८ हजार आठ सय ६९ जनाले ज्यान गुमाइसकेका छन् । एकै दिन एक हजार एक सय ३३ जनाको मृत्यु भयो । संक्रमित संख्या अमेरिकामा ६२ लाख ५६ हजार चार सय २८ छ।

३४ लाख ८४ हजार चार सय ५८ जना उपचारपछि कोरोना जित्न सफल भएका छन् । २५ लाख ८३ हजार एक सय एक जना उपचाररत रहेकोमा १५ हजार आठ सय ४४ जनाको स्वास्थ्य अवस्था खराव छ ।

ब्राजिलमा कोरोनाका कारण एक लाख २२ हजार छ सय ८१ जनाले ज्यान गुमाइसकेका छन् । एकै दिन एक हजार एक सय ६६ जनाको मृत्यु भयो । संक्रमित संख्या ३९ लाख ५२ हजार सात सय ९० पुगेको छ ।

३१ लाख ५९ हजार ९६ जना उपचार गराएर घर फर्किएका छन् । छ लाख ७१ हजार १३ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

छिमेकी मुलुक भारतमा ६६ हजार चार सय ६० जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा एक हजार २५ जनाले ज्यान गुमाए ।

३७ लाख ६६ हजार एक सय आठ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । एकै दिन ७८ हजार एक सय ६९ जना संक्रमित थपिए ।

२८ लाख ९८ हजार ८७ जना उपचारपछि घर फर्किएका छन् । आठ लाख एक हजार पाँच सय ६१ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : बुधबार, भाद्र १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij