पश्चिम नवलपरासीकी कोरोना संक्रमित महिलाको भैरहवामा मृत्यु

पश्चिम नवलपरासीकी कोरोना संक्रमित महिलाको भैरहवामा मृत्यु

भैरहवा- पश्चिम नवलपरासीकी कोरोना संक्रमित एकजना महिलाको गएराती मृत्यु भएको छ ।  रुपन्देहीको भैरहवा स्थित भीम अस्पताल उपचाररत रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीय महिलाको मंगलबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । उनी यही भदौ १५ गते अस्पतालमा भर्ना भएकी थिइन् ।
संक्रमित ती महिलाको मंगलबार राति ९ः४५ बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले पुष्टी गर्नुभयो । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालबाट रेफर भई थप उपचारका लागि भीम अस्पतालमा भर्ना भएकी ती संक्रमितमा उच्च रक्तचाप, मधुमेहको समस्या रहेको थियो ।भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएपछि स्वासप्रश्वासमा समस्या आएपछि उनलाई भीम अस्पतालको आइसीयुमा राखेर उपचार भइरहेको थियो । ज्वरो, खोकी सहित स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई जटिल अवस्थामा अस्पतालमा भर्ना गरिएको भीम अस्तालका कोरोना फोकल पर्सन डा. सुमित प्रजापतिले जानकारी गराउनु भयो । फोकल पर्सन डा. प्रजापतिका अनुसार ५ वटा आईसीयू बेड रहेको भीम अस्पतालमा ४ जना आइसीयुमा र १७ जना आइशोलेशन बेडमा गरी २१ जना संक्रमित उपचाररत रहेका छन् । यसअघि भीम अस्पतालमा उपचाररत रुपन्देहीको गैडहवा गाउँपालिका ३ का ५० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो ।

प्रकाशित मिति : बुधबार, भाद्र १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij