बुटवल –रुपन्देहीमा बुधबार थप १ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कपिलवस्तुबाट उपचारका लागि कोरोना बिशेष अस्पतालमा भर्ना भएकी ६० वर्षिया महिलाको आज बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।
कपिलवस्तु नगरपालिका ११ की महिला संक्रमण पुष्टि भएपछि भाद्र ७ गते कोरोना बिशेष अस्पतालमा भर्ना भएकी थिईन् । उनलाई भेनिटलेटरमा राखेर उपचार चलिरहेको थियो । उपचाररत महिलाको बिहान ९ः१५मा मृत्यु भएको अस्पतालका प्रवक्त डा. बिष्णु गौतमले बताए । मृतक महिलामा पहिले देखिनै श्वास प्रश्वास र ब्लड प्रेसरको रोग रहेको अस्पतालले प्रकाशन गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
मंगलबार राती नै भैरहवाको भिम अस्पतालमा नवलपरासीबाट उपचारका लागि पुगेका अर्को संक्रमितको मृत्यु भएको थियो ।

प्रकाशित मिति : बुधबार, भाद्र १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्