बुटवल-बुधबार थप ११ सय २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ३२० महिला र ८०० पुरुष गरी थप ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
यससँगै जम्मा संक्रमितकाे संख्या ४१ हजार ६४९ पुगेकाे छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ ।
यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या संख्या २३ हजार २९० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११ सय १२ जना कोरोनालाई जितेर घर फर्किएका छन् । कुल संक्रमितमध्ये ५६ प्रतिशतले काेराेना जितेका हुन् ।
बुधबार थप १२ जनाकाे मृत्यु भएसँगै काेराेनाबाट ज्यान गुमाउनेकेा संख्या २५१ पुगेकाे छ ।
प्रकाशित मिति : बुधबार, भाद्र १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्