विराटनगर, सिरहामा बुधबारराति भएको दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।
सिरहा नगरपालिकाको भलुवाहीस्थित सिरहा–चौहर्वा सडक खण्डमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको स ४ प ४६१० नम्बरको र विपरीत दिशातर्फ आउँदै गरेको स ४ प ७९२१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा स ४ प ७९२१ नम्बरको मोटरसाइकल चालक सिरहाको धनगढीमाई नगरपालिका १० का ५१ वर्षीय दीपक कुमार पञ्जीयार र स ४ प ४६१० नम्बरको मोटरसाइकलका चालक सिरहा नगरपालिका ९ गुलरीया का ३५ वर्षीय सिल्टु ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकामध्ये पञ्जीयारको उपचारका क्रममा र ठाकुरको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको बाताइएको छ । दुर्घटनामा ठाकुरले चलाएको मोटरसाइकलको पछाडि सवार सिरहा गुलरियाका ३५ वर्षीय जितेन्द्र महरा घाइते भएका छन् ।
प्रकाशित मिति : बिहिबार, भाद्र १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्