बुटवलको सिद्धबाबा अस्पतालमा उपचाररत महिलाको मृत्यु

बुटवलको सिद्धबाबा अस्पतालमा उपचाररत महिलाको मृत्यु

मृत्युपछि कोरोना संक्रमण पुष्टि

बुटवल-बुटवलमा थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। बुटवलको सिद्धबाबा अस्पताल रामनगरमा उपचाररत बुटवल ७ की ४५ वर्षीया महिलाको हिजो बुधबार दिउसो मृत्यु भएको बुटवल उपमहानगर स्वास्थ्य शाखा अधिकृत गीतादेवी पाण्डेले जानकारी दिइन्।

३-४ दिन अघिदेखि ज्वरो आएर स्वाशप्रस्वासमा समस्या देखिपछि हिजो दिउसो सिद्धबाबा अस्पतालमा उपचार गराउन गएकी उनको हिजो दिउसो नै स्वास्थ्य अवस्था थप जटिल भइ मृत्यु भएको सिद्धबाबा अस्पतालका प्रशासन प्रमुख प्रकाश न्यौपानेले जानकारी दिए।

उनी लक्षण देखिएर अस्पतालमा उपचार गराउन गएपछि पीसीआर जाँच भएको थियो। पीसीआर रिपोर्ट आज बिहीबार पोजेटिभ आएको हो। उनको रिपोर्ट पोजेटिभ आएपछि उनको उपचार गरिएको अस्पतालको आकस्मिक कक्ष २४ घण्टा बन्द गरेर निर्मलीकरण गर्ने न्यौपानेले बताए।

उपचारका लागि आएकी महिलाको उपचारमा संलग्न भएका २ जना स्वास्थ्यकर्मी होम आइसोलेशनमा रहेको उनले बताए। अस्पतालको अन्य सेवा भने सुचारु रहेको छ।

यो सँगै बिहीबार बुटवलमा उपचाररत ३ जनाको मृत्यु भएको छ। बिहीबार बिहान सामुदायिक मुटु अस्पतालमा उपचाररत प्युठान स्वर्गद्वारीका एकजना पुरुषको मृत्यु भएको थियो भने लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत सैनामैना नगरपालिका ११ की ७७ वर्षीया महिलाको बिहीबार बिहान साढे ४ बजे मृत्यु भएको थियो।

प्रकाशित मिति : बिहिबार, भाद्र १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij