शुक्रबार १३ सय ५९ नयाँ संक्रमित थपिए

शुक्रबार १३ सय ५९ नयाँ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा थप १३ सय ५४ जनाले कोरोना जिते

नेपालमा शुक्रबार थप १३ सय ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ४६४ महिला र ८९५ पुरुष गरी थप १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

विभिन्न ३९ प्रयोगशालामा गरिएको १३ हजार ६३८ जनाको परीक्षणमा थप १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै काेराेना संक्रमितकाे संख्या ४४ हजार २३६ पुगेकाे छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १८ हजार ४०४ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या २५ हजार ५६१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३ सय ५४ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

आज १० पुरुष र ४ महिला गरी १४ जनाको मृत्यु भएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या २७१ पुगेकाे छ

प्रकाशित मिति : शुक्रबार, भाद्र १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij