भैरहवा
भैरहवा
बुटवल उपमहानगरपालिका १३ महिला १७ पुरुष गरी ३० जना सहित रुपन्देहीमा शुक्रबार ५७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन । यो सगै जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार एक सय ९० पुगेको छ।
विभिन्न ल्याबमा गरिएका परिक्षण अनुसार आज साँझ ४ बजेसम्म विभिन्न ७ पालिकामा सो कोरोना भाइरस संक्रमित थपिए का हुन ।
स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहका अनुसार सबैभन्दा बढी बुटवल उपमहानगरपालिका १३ महिला १७ पुरुष गरी ३० जना, सिद्धार्थनगर नगरपालिका क्षेत्रमा १० महिला र ५ पुरुष गरी १५ जना, तिलोत्तमामा ४ महिला र १ पुरुष गरी ५ जना, देवदहमा १ जना, रोहिणीमा ४ जना, सैनामैनामा १ र ओमसतियामा १ जनामा संक्रमण पुष्टि भएको छ।
जिल्लाका संक्रमितध्ये २८ जना महिला र २९ जना पुरुष हुन्। आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार १ सय ९० पुगेको शाहले जानकारी दिनुभयो।
प्रकाशित मिति : शुक्रबार, भाद्र १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्