रुपन्देहीमा आज ६६ जना कोरोना भाइरस संक्रमित थपिए

रुपन्देहीमा आज ६६ जना कोरोना भाइरस संक्रमित थपिए

भैरहवा–रुपन्देहीमा आज शनिबार ६६ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। परिक्षणको दायरा बढेसँगै जिल्लामा दैनिक रुपमा संक्रमितको संख्या बढिरहेको छ।आज थपिएका संक्रमितसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय २७ पुगेको छ।
निजी ल्याब सहित लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट नियमित रुपमा परिक्षण भइरहेको छ।सो ल्याबबाट आएका रिर्पोट अनुसार शनिबार साँझ ५ बजेसम्म रुपन्देहीका विभिन्न ८ पालिकामा कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिनुभयो।
शाहका अनुसार सबैभन्दा बढी रोहिणी गाउँपालिकामा ११ महिला र १४ पुरुष गरी २५ जना संक्रमित थपिएका छन्। त्यस्तै बुटवल उपमहानगरपालिकामा ५ जना, सिद्धार्थनगर नगरपालिका क्षेत्रमा ८ जना, मायादेवीमा ५ जना, कञ्चनमा ६ जना, शुद्धोधनमा ६ जना, सैनामैनामा ९ जना, र तिलोत्तमामा २ जना संक्रमण पुष्टि भएको छ।
जिल्लाका संक्रमित मध्ये २६ जना महिला र ४० जना पुरुष हुन्। आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार २ सय ५६ पुगेको शाहले जानकारी दिनुभयो।
कार्यालयले दिएको तथ्यांकअनुसार हालसम्म १३ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न क्षेत्रबाट ६१६ जना निको भएर फर्किसकेका छन् भने ६२७ जना सक्रिय संक्रमित विभिन्न आइशोलेशनमा उपचाररत छन्।

 

प्रकाशित मिति : शनिबार, भाद्र २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij