बुटवल -संयुक्त पूर्ब सैनिक कल्याणकारीसंस्था महासंघ नेपाल रुपन्देहीले बुटवल धागो कारखाना स्थित कोरोना बिशेष आइसोलेसन अस्पताललाई २५ थान कुर्ची हस्तान्तरण गरेको छ ।
शनिबार अस्पताल परिसरमा एक कार्यक्रमकाबीच आज बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराईलाई कुर्ची हस्तान्तरण गरेको हो ।
महासंघका रुपन्देही अध्यक्ष क्या किशन बहादुर थापाको सभापतित्व र उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख सुवेदी र अस्पतालका अधयक्ष सुर्यबहादुर भट्टराईले अस्पतालमा औषधिको अभाव नभएको र आइसियु र भेन्टिलेटर थप गर्ने तयारी भइरहेको जानकारी गराएका थिए ।
कार्यक्रममा कुर्ची हस्तान्तरण गर्दै महासंघका केन्दीय सह अध्यक्ष समेत रहेका क्याप्टेन किशन बहादुर थापा र महासचिब सुवेदार कूल बहादुर केसीले पछिल्लो समय जटिल खालका कोरोना संक्रमितहरु बढ्दै गएको भन्दै पर्याप्त मात्रामा औषधिको ब्यवस्था गर्न र आइसियु र भेन्टिलेटरको ब्यवस्था गर्न माग गरे ।
कोरोना संक्रमितहरु बढेसँगै संक्रमितहरुको मृत्यु हुने क्रम पनि बढेको भन्दै उनिहरुले पर्याप्त मात्रामा औषधिको स्टक राख्न र थप आइसियु र भेन्टिलेटरको ब्यवस्था गर्नुपर्नेमा जोड दिए ।
देश भर रहेका भु पु हरुलाई यस महामारीमा सहयोगमा लाग्न प्रेरित गर्ने उदेस्यले महासघका केन्द्रीय सह–अध्यक्ष र महासचिब रुपन्देहिमा भएकोले यहाँबाट सांकेतिक रुपयमा सहयोगको सुरुवात गरिएको महासचिब कूलबहादुर केसीले बताए ।
प्रकाशित मिति : शनिबार, भाद्र २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्