JanataToday.com

Advertisment

SKIP THIS

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – आज आईतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ३ सय रूपैयाँले घटेर प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।त्यसैगरी, चाँदीको मूल्य भने तोलाको १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय २० रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।शुक्रबार सुनको मूल्य तोलाको १ सयले घटेर, छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ९ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकि डलरको बिक्रिदर १ सय १६ रुपैयाँ ७२ पैसा रहेको छ भने खरिददर १ सय १७ रुपैयाँ ३२ पैसा रहेको छ ।त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ३८ रुपैयाँ ३७ पैसा रहेको छ भने खरिददर १ सय ३९ रुपैयाँ ८ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ५५ रुपैयाँ २ पैसा र खरिददर १ सय ५५ रुपैयाँ ८१ पैसा रहेको छ।

प्रकाशित मिति : आइतबार, भाद्र २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij