नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुनेहरूको संख्या ४८ हजार १३८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
विभिन्न ३९ प्रयोगशालामा गरिएको १० हजार ६११ जनाको परीक्षणमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ ।
यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार २८७ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
नेपालमा मंगलबार थप ६ जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार थप ६ जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिएको छ ।
यससँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ३०६ पुगेकाे मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
प्रकाशित मिति : मंगलबार, भाद्र २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्