बुटवल उपमहानगरद्धारा सडकमा रात बिताउन बाध्य बेसाहरा सहयोगापेक्षीहरुको उद्धार गरि निशुल्क पिसिआर परीक्षण

बुटवल उपमहानगरद्धारा सडकमा रात बिताउन बाध्य बेसाहरा सहयोगापेक्षीहरुको उद्धार गरि निशुल्क पिसिआर परीक्षण

बुटवल ।
बुटवल उपमहानगरपालिकाले सडकमा रात बिताउन बाध्य बेसाहरा सहयोगापेक्षीहरुको उद्धार गरि निशुल्क पिसिआर परीक्षण थालेको छ । बुटवललाई सडकमानवमुक्त घोषणा गरिसकिएको छ । घोषणा गरेयता सडकमा फेला पर्ने कुनै पनि बेसहारा तथा सहयोगापेक्षीलाई तत्काल उद्धार गरिंदै आएको छ ।

आफन्त विहिन भएर सडकमा बेबारिसे जीवन बिताएका बेसाहराहरुलाई कोरोना संक्रमण हुनसक्ने र उनीहरुको जीवन रक्षा गर्ने उदेश्यले पिसिआर परीक्षण शुरु गरेको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।

लकडाउनको अवधिमा बुटवल उपमहानगरपालिकाले २८ जना बेसाहराहरुको उद्धार गरि बुटवल स्थित मानव सेवा आश्रममा राखिएको प्रमुख सुवेदीले बताए ।

यसमध्ये आठ जनाको पिसिआर परीक्षण गरिएको छ र उनीहरूको रिपोर्ट आइसकेको छैन । उनीहरुलाई अलग्गै राख्ने व्यवस्था मिलाइएको छ ।
प्रमुख सुवेदीका अनुसार बुटवल भित्र कोही पनि अशक्त र रोगीहरु कोरोनाको जोखिममा नपरुन भन्ने उदेश्यले सडकमा बेसाहरा भएकाहरुको उद्धार र पिसिआर परीक्षण गरिएको हो ।

आठजनाको स्वाव संकलन गरि प्रयोगशालामा पठाइएको र रिर्पोट नआउन्जेल छुट्टै आइसोलेशनमा राखिएको छ । उनीहरूमा त्यस्तो कुनै लक्षण नदेखिएको उपमहानगरपालिकाका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । पीपीई लगाएका उद्धार कर्ता र स्वास्थ्यकर्मीले मानवीय सहयोगका काम निरन्तर गर्दै आएका छन् ।

कोरोना कहरका कारण एक व्यक्तिले अर्को व्यक्तिलाई सम्पर्क समेत गर्न नसकेको अवस्थामा बुटवल उपमहानगरले भने सडकमा बेसाहरा भएर बैचैन जीवन बिताएकाहरुलाई नगर प्रहरी मार्फत उद्धार गरि मानव सेवा आश्रममा राखेर नमुना काम गरेको छ । बुटवल उपमहानगरले सहयोगापेक्षीहरुको उद्धार र व्यवस्थापनमा समेत सहयोग गरेको मानव सेवा आश्रम रुपन्देही जिल्ला संयोजक सरु अधिकारीले जानकारी दिईन ।

उनका अनुसार बुटवल क्षेत्रबाट मात्रै लकडाउनको अवधिमा २८ जनाको उद्धार गरिएको हो भने प्रदेश ५ भरि ४५ जनाको उद्धार गरिएको छ । प्रदेशभरीमा बुटवलमा प्रभावकारी र नमुना काम भइरहेको उनको भनाइ छ ।

बुटवल उपमहानगरले कोरोना महामारीबाट नागरि बचाउने गरि पिसिआर परीक्षणलाई फराकिलो बनाएको उपप्रमुख गुमादेवी आचार्यले बताईन । उनले लैंगिकहिंसामुक्त नगरको कार्ययोजना अनुरुपका पनि काम भइरहेको बताईन् ।

मिर्गौलाको डायलासिस गराउनुपर्ने र क्यान्सर रोगीहरुको निशुल्क पिसिआर परीक्षण गरिसकेको थियो । यसलाई यहाँका अरु पालिकाले पनि अनुसरण गरेका छन् । उपमहानगरले सडकमा बेसाहराहरु भएकारुहको समेत पिसिआर परीक्षण गरेर अर्को नमूना काम गरेको भन्दै धेरैतिरबाट प्रसंसा भएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माको छ ।

प्रकाशित मिति : मंगलबार, भाद्र २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij