काठमाण्डौमा आजदेखि निषेधाज्ञा खुकुलो : के खोल्न पाइन्छ, के पाइँदैन ?

काठमाण्डौमा आजदेखि निषेधाज्ञा खुकुलो : के खोल्न पाइन्छ, के पाइँदैन ?

 

काठमाडौं। सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरेको छ ।गृह मन्त्रालयका अधिकारीहरुसँग छलफल गरी काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा सरल बनाउने नयाँ आदेश जारी गरेका हुन् ।

सबै पक्षलाई ख्याल गरेर निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सञ्चारमाध्यमलाई जानकारी दिनुभयो ।

सर्वसाधारण आफैंलाई पनि सचेत हुन आग्रह गर्दै दाहालले सामाजिक दूरी कायम गर्ने, गराउने विषय सबैको दायित्व भएको प्रतिक्रिया दिनुभयो ।

अब सार्वजनिक निजी सवारी साधन चल्न पाउने छन् तर तर जोर बिजोर प्रणाली अपनाउनु पर्नेछ । स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ ।

भोलि बिहीबार भदौ २५ गतेबाट सवारी-साधन सञ्चालनमा जोर र बिजोर प्रणाली लागू गरिने छ ।

निजी सबै र सार्वजनिकको हकमा १६ भन्दा बढी सिट भएका सवारी-साधन जोर-बिजोर प्रणालीमा चलाइने छ ।

तत्काल माइक्रो बस, टेम्पो चल्न पाउँदैनन् । ट्याक्सीले तीन जना मात्र रहने गरी चलाउन पाउने छ । अर्थात् चालकबाहेक दुई जना यात्रु बोक्न छुट दिइएको छ ।

भोलिदेखि सबै खालका पसल खुल्न दिइने छ तर तर बढी भीड हुने ठाउँलाई साताको तीन दिन मात्र खोल्न दिइने छ। जसअनुसार अब सपिङ मलहरू साताको तीन दिन मात्रै खुलाउन पाइने छ ।

कपडा, जुत्ताचप्पल पसलहरू पनि खुल्नेछन्। अत्यावश्यक सेवामध्ये खाद्यवस्तु, दुध, दुधजन्य पदार्थ, फलफूल, तरकारी, माछारमासु बिक्री वितरणमा समय तोकिएको छ।

त्यस्ता पसललाई यसअघि ११ बजेसम्म मात्र खोल्न दिइएकामा अब बिहान ११ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खोल्न दिइ

अब टेक अवे सेवा साथै अनलाइन डेलिभरी सेवा उपलब्ध गराउन सकिने छ। त्यसका लागि स्वास्थ्य मापदण्ड पालना गरेर मध्याह्न १२ देखि बेलुका ७ बजेसम्म खुला गरिएको छ।

बैंकहरू यसअघि नै सीमित रुपमा चलेकामा अब अब सहकारी पनि खोल्न पाइने छ। तर, सहकारीलाई बिहान ११ देखि ३ बजेसम्म खोल्न दिइने छ।

वर्कसप, भाँडापसल, अनलाइन कक्षा, फेन्सी पसल खुल्ने छन् ।

शिक्षा मन्त्रालयले अनलाइन कक्षा सञ्चालन गर्न पाउने छ। उपत्यकाका सबै नाका साबिकझैं बन्द गरिने छ । उपत्यकाभित्र मात्र सवारी चलाउन पाइने छ।

होटल, रेष्टुरेन्ट र बार खोल्न पाइने छैन भने खुल्ला स्थानमा सभा, जुलुश, जात्रा महोत्सव गर्न पाइने छैन । मठ मन्दिर, मस्जिदमा दैनिक पूजाआजाबाहेकका काम गर्न पाइने छैन।

गोष्ठी, सेमिनार, शैलुन, स्पा, ब्युटी पार्लर खुल्ने छैनन्। चिडियाखाना तथा प्रदर्शनीहरू बन्दै रहने छ। श्रमिक मजदुरलाई सामाजिक दूरी कायम नगरीकन ओसारपसार गर्न पाइने छैन।

निर्माण सामग्रीका पसल, निर्माण सामग्री ढुंगा, बालुवा, सिमेन्ट, रड, डन्डीलगायत बोक्ने ट्रक, टिपरहरूलाई यसअघि नै सञ्चालन हुन दिइएको थियो। निर्माण सामग्री बोक्ने सवारीसाधनलाई समय तोकिएको थिएन भने पसललाई दिउँसो २ बजेदेखि राति ९ बजेसम्म तोकिएको थियो।

काठमाडौं उपत्यकामा भदौ ३ गते मध्यरातबाट लागू गरएको पूर्ण निषेधाज्ञाको पछिल्लोपटक थपिएको समय बुधबार मध्यरातमा सकिँदै छ ।

प्रकाशित मिति : बिहिबार, भाद्र २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij