गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौलाका विरामीको निःशुल्क कोरोना बीमा गरिदिने

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौलाका विरामीको निःशुल्क कोरोना बीमा गरिदिने

बुटवल-बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौलाको नियमित डायलाईसिस गराईरहेका विरामीहरुको निःशुल्क कोरोना बीमा गरिदिने भएको छ ।
नेपालमा कोरोना भाईरसको संक्रमण दिनप्रतिदिन बढिरहेको र मिर्गौलाका विरामीहरु संक्रमणको उच्च जोखिममा रहेकोले उनिहरुलाई केहि भएपनि आर्थिक राहत होस् भनी निःशुल्क बीमा गरिदिने निर्णय गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका अध्यक्ष एजाज आलमले बीमा कम्पनीसंग सम्झौता गरी निःशुल्क रुपमा एक लाखको कोभिड १९ बीमा गर्ने निर्णय गरिएको बताए ।
कोभिड १९ को बीमाले संक्रमणको उच्च जोखिममा रहेका र यसअघि नै स्वास्थ्य समस्यामा रहेका मिर्गौलाका विरामीहरुको मनोबल बढाउन सघाउ पुग्ने आलमले बताए । ‘विरामीहरुको कोरोना बीमा गरिदिंदा अस्पताललाई सामान्य आर्थिक भार थपिएपनि संक्रमण भईहाल्यो भने विरामीहरुको लागि भने त्यसले ठूलो राहत मिल्ने छ ।’ आलमले भने ।
सरकारले मिर्गौलाका विरामीहरुको डायलाईसिस निःशुल्क गरेपनि अन्य औषधी तथा बेलाबेलामा गर्नुपर्ने ल्याब परिक्षणलाई निःशुल्क गरेको छैन ।
अस्पतालले भने डायलाईसिस बाहेक बेलाबेलामा गर्नुपर्ने रुटिन र भाईरल टेष्ट समेत आफ्ना सबै विरामीहरुको निःशुल्क गर्दै आएको छ । त्यस्तै अति विपन्न, परिवारबाट अपहेलित तथा परिवारमा रेखदेख गर्ने कोहि नभएका मिर्गौलाका विरामीहरुको औषधी तथा अन्य उपचार पनि अस्पतालले निःशुल्क गर्दै आएको छ ।
त्यस्तै कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण सार्वजनिक सवारी साधन चल्न नसक्दा डायलाईसिसको लागि अस्पताल आउने विरामीहरुलाई नियमित अस्पताल ल्याउने र छोड्ने व्यवस्था समेत गर्दै आएको छ ।
अस्पतालले डायलाईसिसको विरामीहरुलाई लैजान र छोड्नको लागि कपिलवस्तुको वाणगंंगा नगरपालिकाको बनगाई र नवलपरासीको बर्दघाटसम्म नियमित रुपमा बस पठाउने गरेको छ ।
अस्पतालमा हाल ४ सय २६ जनाले नियमित मिर्गौलाको डायलाईसिस गराउंदै आएका छन् । काठमाण्डौभन्दा बाहिर सबैभन्दा ठूलो मिर्गौलाको डायलाईसिस युनिट संचालन गर्दै आएको मुटु अस्पतालमा बुटवलमा ३ सय ५४, दाङको लमहीमा ४९ र पाल्पामा २३ जना विरामीले नियमित डायलाईसिस गराउंदै आएका छन् ।
अस्पतालले बुटवलमा २० तथा लमही र पाल्पामा १०÷१० वटा मेशिनबाट डायलाईसिस सेवा संचालन गर्दै आएको छ । त्यस्तै स्याङजाको वालिङमा पनि डायलाईसिस सेन्टर संचालनको अन्तिम तयारीमा रहेको अस्पतालले जनाएको छ ।

 

प्रकाशित मिति : बिहिबार, भाद्र २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij