नेपालमा शुक्रबार थप १४ सय ५४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न ३९ प्रयोगशालामा गरिएको १० हजार ७०१ जनाको परीक्षणमा थप १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
यससँगै संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ ।
यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९७२ जना कोरोनालाई जितेर घर फर्किएका छन् । कुल संक्रमितमध्ये ७१ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए ।
कोरोनाबाट पछिल्लो २४ घण्टामा थप पाँच जनाकाे मृत्यु भएकाे छ । यससँगै संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या ३२२ पुगेकाे छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्