बुटवल -समुदाय स्तरमा कोरोना भाइरस सङ्क्रमण बढेसँगै कोरोना सङ्क्रमितलाई छिमेकी र आफन्तद्धारा सहयोग नपाएको अवस्थामा बुटवलबेलबास भानुपथ होम आइसोलेशनमा बसेर निस्किएका एकै परिवार३ जनालाइ पुष्पगुच्छासहित टोलवासीले बधाई तथा शुभकामना दिएका छन् ।

बुटवल उपमहानगरपालिका–१३ बेलबास भानुपथ रहेका एकै परिवारका ३ जनालाइ परिवार आज जनप्रतिनिधि र छिमेकीले पुष्पगुच्छाले स्वागत र सम्मान गरेका हुन। भानुपथ निवासीबुटवल उपनगरपालिका का आइटी इन्जिनिएर बिकेक भुसाल उहाको नौ महिनाको छोरा भुसाल अनि १०बर्षकी भान्जी सहित परिवारलाई जनप्रतिनिधि बेदप्रसाद गैरे आमा समुह अध्यक्ष गिरा बराल लगायत टोल समितिका अध्यक्ष खिमानन्द भटटराइ सहित टोलवासीले आज पुष्प गुच्छा प्रदान गरी कोरोना जितेकोमा नगरकातर्फबाट बधाई तथा शुभकामना दिएका छन ।

आज २१ औ दिनसम्म कोरोना पुष्टि भएसँगै उनीहरु घरमै आइसोलेशनमा बसेका थिए । कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेशनमा बसेर निस्किएका बुटवल –१३ बिबेक भुसालको परिवारलाई डिस्चार्ज पत्र प्रदान गर्दै जन प्रतिनिधि बेदप्रसाद गैरेले कोरोना रोकथामका लागि सजग र सचेत बन्न सबैलाई आग्रह गर्नुभयो।
जन प्रतिनिधि बेदप्रसाद गैरेले सामाजिक दूरि कायम गर्ने, मास्क लगाउने जस्ता सुरक्षाका विधि अबलम्बन गर्ने हो भने कोरोना सङ्क्रमणबाट बच्न सकिने भएकाले थप सर्तक रहन आग्रह गर्नुभयो ।

टोलमा कोरोना सङ्क्रमण हुँदैमा कुनै पनि सदस्यले त्यस्ता परिवारका सदस्यप्रति कुनै पनि परिवार या व्यक्ति लाई भेदभाव नगर्न टोलमा सचेत बनाएको छ
आइसोलेशनमा रहँदा समेत टोलका अगुवा तथा छिमेकीहरुबाट राम्रो सहयोग पाएको र सबैले स्वास्थ्यलाभको काम गरेको भन्दै बिबेक भुालले सबैप्रति आभार व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : शनिबार, भाद्र २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्