नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३६० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार थप १५ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३६० पुगेको जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टायता थप ११ सय ७० जनामा कोरोना पुष्टि भएको छ । यससँगै संक्रमितकाे संख्या ५५ हजार ३२९ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ रहेको छ ।
यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ । सोमबार थप ८७९ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
प्रकाशित मिति : सोमबार, भाद्र २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्