काठमाडौं ।
सरकारले कोरोना भाइरसको लक्षण नदेखिएका संक्रमितको परीक्षण नगर्ने भएको छ ।
स्वास्थ्य आपतकालिन तथा विपत व्यवस्थापन ईकाइको आइतवार बसेको वैठकले लक्षण देखिएका व्यक्तिहरुको मात्र परीक्षण गर्ने निर्णय गरेको हो ।
मन्त्रालयले क्वारेन्टिनमा र्दुइ साता अनिवार्य बस्नुपर्ने तर उनीहरुमा लक्षण नदेखिए परीक्षण नगर्ने र फ्रन्ट लाईनमा खटेका चिकित्सक र स्वास्थ्यकर्मीहरुको पनि लक्षण नभए परीक्षण नगर्ने जनाएको छ ।
उपचारमा खटिने नर्श , चिकित्सक , प्रयोगशलाहरु र सरसफाईमा खटिनेहरुमा कुनै लक्षण चिन्ह वा पीसीई राम्रो सँग नलगाएको भएमात्र परीक्षण गरिने जनाईएको छ ।
यस्तै मन्त्रालयले लक्षण भएका र विपन्न नागरिकको मात्र निशुल्क उपचार गर्ने समेत निर्णय गरेको छ ।
अन्य विरामीले भने आफ्नै खर्चमा उपचार गर्नु पर्ने छ । मन्त्रालयले निर्णय कार्यान्ययनका लागि सम्बन्धित क्षेत्रहरुमा पत्र पठाईसकेको जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, भाद्र ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्