बुटवल ।
बुटवल उपमहानगरमा ३२ सहित रुपन्देहीमा मंगलबार ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससँँगैै रुपन्देहीमा कोेरोेना संक्रमितको कुल संख्या १ हजार ८ सय २१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरमा ३२सहित रुपन्देहीमा मंगलबार ६०जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
मंगलबार रोहिणी गाउपालिकाका ११ जना, सिद्धार्थनगर नगरपालिकामा ८ जना, कञ्चन गाँउपालिकाका ६ जना र देवदह नगरपालिकाका ३ जना गरी ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
जिल्लामा ८ सय ३९ जना कोरोना भाइरस संक्रमित उपचार पछि निको भएर घर फर्कीएका छन भने १६ जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ ।
रुपन्देहीमा हाल ९ सय ६२ जना कोरोना भाइरस संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
बुटवलमा आज थपिएकामध्ये २२ जना महिला र १० पुरुष हुन्। बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाका अनुसार बुटवलमा जम्मा संक्रमितको संख्या ६१४ पुगेको छ।
जसमध्ये ३०१ जना सक्रिय संक्रमित रहेका छन्। बुटवलमा मंगलबारसम्म ७ जनाको मृत्यु भएको छ ।
मंगलबारको तथ्यांकअनुसार वडा नं १ मा १, ३ मा ९, ४ मा १, ७ मा २, ८ मा ४, ९ मा ४, १३ मा ३, १४ मा २, र अन्य गरी ६ जना संक्रमित थपिएका हुन्।
प्रकाशित मिति : मंगलबार, भाद्र ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्