बुधबार थप १५ सय ३९ जना कोरोना संक्रमित

बुधबार थप १५ सय ३९ जना कोरोना संक्रमित

आज थप एक हजार ६८ जना कोरोनामुक्त हुँदै घर फर्किए

बुटवल-नेपालमा पछिल्लो २४ घण्टायता थप १५ सय ३९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४९४ जनाको परीक्षणमा थप १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

यससँगै संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप एक हजार ६८ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

प्रकाशित मिति : बुधबार, भाद्र ३१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij