काठमाण्डौ
कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्नुपर्ने माग गर्दै प्रदर्शन गर्नेमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ ।
काठमाण्डौको माइतीघर मण्डलामा घिसिङको समर्थनमा प्रदर्शन गर्न पुगेकाहरुमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौले माइतीघरमा कुनै पनि प्रकार प्रदर्शन गर्न नदिन भनेको भन्दै प्रहरीले प्रदर्शनकारीलाई हटाउने प्रयास गरेको थियो । तर प्रदर्शनकारी नहटेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको हो ।
गएको भदौ २८ गते कार्यकाल सकिएपछि कुलमान मङ्गलबार हिजो औपचारिक रुपमा बिदाइ हुनुभएको थियो । प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नै दोहोर्याउनुपर्ने भन्दै जनदबाब बढेको छ ।
प्रकाशित मिति : बुधबार, भाद्र ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्