JanataToday.com

Advertisment

SKIP THIS

आजबाट यातायात सेवा सुरु

आजबाट यातायात सेवा सुरु

काठमाडौ- कोरोना संक्रमणको जोखिमका कारण लामा समयदेखि बन्द रहेका लामो तथा मध्यम दुरीका सवारीसाधान आजबाट सञ्चालनमा आएका छन् ।

नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले गत चैत ११ गतेबाट लकडाउन जारी गरेको थियो । यातायात सेवा पनि सोही समयदेखि बन्द थियो । लकडाउन खुकुलो भएपछि छोटो दुरीका सवारी सञ्चालनमा आए पनि लामो दुरीका यातायातका साधन सञ्चालनमा आएका थिएनन् ।

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै गाडी सञ्चालन गर्न पाइने छ । आज विश्वकर्मा पूजाको अवसरमा पूजा सकेर गाडीहरु चल्न सुरु भएको व्यवसायीहरुले बताएका छन् ।

यातायात सञ्चालन गर्दा विगतभन्दा कम अर्थात् कुल क्षमताको ५० प्रतिशत मात्रै यात्रुहरु राख्न पाइने छ । यद्यपि साविकको भाडाभन्दा ५० प्रतिशत बढाएर लिन पाउने निर्णय सरकारले गरेको छ । साथै यात्रु तथा सार्वजनिक गाडीका कर्मचारीले अनिवार्यरूपमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्नुपर्ने छ ।

स्वास्थ्य सावधानीका उपाय पालना गरे÷नगरेको अनुगमन गर्न ठाउँ–ठाउँमा चेकिङको व्यवस्था मिलाइएको छ । यदि पालना नगरेको पाइए कारवाही गर्ने चेतावनी सरकारले दिएको छ ।

लामो तथा मध्यम दुरीका यात्रुलाई खाजा तथा खाना स्थानीय प्रशासन र व्यवसायी संघले नै समन्वय गरेर खुवाउनुपर्ने छ । साथै लामो दुरीका गाडीहरुलाई बीच बाटोमा यात्रु चढाउन वा अनावश्यक काममा रोकिन बन्देज लगाइएको छ ।

उपत्यकाभित्र चल्ने यातायातको हकमा जोर–बिजोर प्रणाली लागू हुनेछ । अर्को आदेश नभएसम्मका लागि जोर–बिजोर प्रणाली लागू हुने निर्णय जिल्ला प्रशासन कार्यालयहरुले गरेका हुन् ।

होटल तथा रेष्टुरेन्टहरुलाई अर्को आदेश नभएसम्म सञ्चालन खुला गरिएको छ । यसअघि बारअनुसार पालो मिलाएर मात्र खोल्न पाउने व्यवसायहरु अब हप्तामा सातै दिन खोल्न सकिने निर्णय पनि प्रशासनले गरेको छ ।

तर सैलुन तथा ब्युटी पार्लर, सिनेमा हल र जिम, पब र स्पा भने खोल्न पाइने छैन । यस्तै, शैक्षिक संस्था, सभा समारोह, पार्टी तथा विरोध र्‍याली र सभामा लगाइएको रोक कायमै राखिएको छ ।

प्रकाशित मिति : बिहिबार, असोज १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij