बुटवल – बिहीबार सुन चाँदीको भाउ घटेको छ । स्थानीय बजारमा सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको हो । सुनको भाउ विहिबार तोलाको ९६ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।बुधबार सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ थियो । यस्तै तेजावी सुन प्रति तोला ९७ हजार रूपियाँमा कारोबार भएको थियो । विहिबार तेजावी सुनको मूल्य ९६ हजार १ सय मा कारोकार भइरहेको महासङ्घले बताएको छ ।
त्यस्तै बुधबार चाँदीको मुल्य १ हजार ३ सय ४० मा कारोबार भएको थियो भने विहिबार चाँदीको मूल्य १ हजार ३ सय २० रूपियाँमा कारोबार भइरहेको छ । सरकारले काठमाडौं उपत्यकामा आजदेखि सम्पूर्ण पसलहरु खोल्ने निर्णय गरेसँगै बजारमा मानिसहरुको चहलपहल बढिरहेको छ । लामो समयदेखि कारोबार ठप्प प्राय भएका सुनचाँदी व्यवसायीहरु अब कारोबार बढ्नेमा आशावादी देखिएका छन् ।
प्रकाशित मिति : बिहिबार, असोज १ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्