नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ६० हजार नजिक पुगेको छ ।
बिहीबार थप १२ सय ४६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
विभिन्न प्रयोगशालामा गरिएको १० हजार ६४१ जनाको परीक्षणमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ ।
यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ सय ४३ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
प्रकाशित मिति : बिहिबार, असोज १ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्