बुटवल ।
सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहले सरकारले जनताको पक्षमा केही काम नगरेको बताउदै काङ्ग्रेस जनताका मुद्दामा सडकमा समेत उत्रीने बताउनुभएको छ ।
छिमेकी मुलुकमा जनताको पक्षमा सरकारले काम गरेपनी दुई तिहाईको सरकारले अभिभावकत्त्व बहन गर्न नसएकोले काङ्ग्रेस सडकमा उत्रीन बाध्य भएको बताउनभयो ।नेकपाका नेता अगुवा कार्यकर्तालाई काङ्ग्रेस प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाले यस्तो बताउनुभएको हो।
सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाह शाहले नेकपा सरकार हरेक काममा भ्रष्टाचारमा लिप्त भएको बताउनुभयो। उहाले लोकतान्त्रिक गणतन्त्र जोगाउने जिम्मेवारी नेपाली काङ्ग्रेसको काधमा आएको बताउदै अब नेपाली काङ्ग्रेस पहिलो पार्टी हुने दाबी गर्नभयो ।नेकपाले लोकतान्त्रलाई तहस नहस बनाउने काम गरेको उहाको आरोप छ।
उहाले सरकारले राम्रो काम गरेका कुलमान घिसिङ जस्तो ब्यक्तिलाई काम गर्न नदिएको तर्क गर्दै नेकपाले जनताको पक्षमा काम गर्ने बताउनभयो । उहाले अदालत जस्तो न्याए क्षेत्रमा पनि राजनितिक भाग भाण्डाले कानुनलाई सत्ताको झोली भएको बताउनु भयो।
रुपन्देहीका नेकपा अगुवा कार्यकर्ता काङ्ग्रेस प्रवेश
रुपन्देहीका विभिन्न क्षेत्रका नेकपा अगुवा कार्यकर्ताहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन । रुपन्देहीको सैनामैना नगरपालिका र कञ्चन गाउपालिकाका १० नेकपा अगुवा कार्यकर्ता बिहीवार एक कार्यक्रमका अवसरमा प्रवेश गरेका हुन ।पार्टी नेता एव सार्वजनिक लेखा समिती सभापति भरतकुमार शाहले पार्टी कार्यालय भैरहवामा पार्टी प्रवेश गराउनुभएको हो ।
सैनामैना नगरपालिका नेकपा ५ वडा उपाध्यक्ष गणेश ज्ञवाली, बिप्लव निकट नेकपाका पुर्व दलित मुक्ती मोर्चा जिल्ला कोषाध्यक्ष एव अहिले सैनामैना नगर सदस्य ज्ञान बहादुर बिश्वकर्मा, नगर कमिटी सदस्य चिरञ्जीवी गौतम, ईन्द्रमणी पौडेल, ध्रुबराज ज्ञवाली, बल बहादुर बिक, बिष्णु ज्ञवाली, खुम प्रसाद पन्थी, दामोदर गौतम, कमल पौडेल प्रवेश गरेका हुन ।
दुई तिहाई बहुमत सहितको पार्टी सरकारमा रहेपनी सरकार र पार्टिको काममा असन्तुष्टि जनाउदै पार्टी प्रवेश गरेको नवप्रवेसी गणेश ज्ञवालीले बताउनुभयो ।
कार्यक्रममा पार्टी जिल्ला सभापति अव्दुल रज्जाकले पार्टिलाई जनताले मतदान गर्न आतुर रहेको बताउदै पार्टी अब बलियो र एककृत बन्ने बताउनुभयो । उहाले अन्य पार्टी जनताप्रति उत्तरदायी नभएको बताउदै काङ्ग्रेसले जनताको पक्षमा काम गरेको बताउनुभयो।
पार्टी युवा नेता बिष्णु पोख्रेलले बोल्दै नेपाली काङ्ग्रेस कहिल्यै झुठ नबोलेको बताउदै पार्टिले हरेक कार्यकर्ताको संरक्षण र स्थान दिदै जाने बताउनु भयो। उहाले अब काङ्ग्रेस बलियो बनाउन र सदस्यता वृद्धि गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्र ५ का सभापती वसि उल्लाह मुसलमान, नेपाल तरुण दल रुपन्देही अध्यक्ष सोम बहादुर गुरुङ लगाएयतले बोलेका थिए ।
पार्टी उपसभापति फणिन्द्र शर्माको स्वागत तथा पार्टी जिल्ला सचिव रामकृष्ण खाणको संचालनमा भएको थियो ।
प्रकाशित मिति : बिहिबार, असोज १ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्