यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) को मौसमका बारेमा जानकारी दिएको छ ।

महाशाखाका अनुसार मुलुकभर मौसममा सामान्यतया बदली रहने र ठाउँठाउँमा हल्का, मध्यम र भारी वर्षाको सम्भावना छ । वर्षा हुने केही स्थानमा मेघगर्जन र चट्याङ् पनि पर्ने महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश नम्बर ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । यस्तै शुक्रबार राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अहिले बिहान देशभर सामान्य बदली रही प्रदेश ५, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको मौसमविद्ले बताएका छन्।

प्रकाशित मिति : शुक्रबार, असोज २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij