लायन्स क्लब मणिग्रामद्धारा ‘फुट प्रेस’ पानी टैंक प्रदान

लायन्स क्लब मणिग्रामद्धारा ‘फुट प्रेस’ पानी टैंक प्रदान

बुटवल
लायन्स क्लव अफ मणिग्राम र एक्सपर्ट फाउन्डेसन नेपालको संयुक्त लगानीमा देवदहमा खुट्टाको सहायतबाट सञ्चालन हुने हात, थुने पानी टैंकी प्रदान गरिएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरी देवदह नगरपालिका सित्तल नगर चौकमा फुट प्रेस पानी टैंकी(खुट्टाबाट चलाउन सकिने पानी टैैंकी) राखिएको हो ।

कोरोना भइरसको माहामारी को कारण विश्व नै अक्रान्त भैरहेको समयमा पुर्व सावधानीको अपनाउने हो भने पनि जोखिम न्युनीकरण गर्न सकिने अपेक्षा सहित सामाजीक क्षेत्रमा काम गर्ने सस्था लायन्स र एक्सपर्टले फाउन्डेसनले उक्त पानी टैंकी राखेका हुन ।

कोरोना को जोखिम न्युनीकरणका लागि निरन्तर रुपमा साबुन पानीले हात धुनुपर्ने विश्व स्वाथ्य संगठनको अनुरोध समेत रहेको छ ।

हातले नछोईकन खुट्टाको सहायतले सञ्चालन गर्न सकिने उक्त पानी टैंकी पछिल्लो समयमा लोकप्रिय समेत बन्दै गएको छ ।

सामान्य सचेतनाले समेत मानिसले कोरोना जस्तो महमारीको जोखिम न्युनीकारणगर्न सकिने भएको करण उक्त पानी टैंकी सितलनगरचोकमा राखिएको एक्सपर्ट फाउन्डेशन नेपालका अध्यक्ष रोशन कंडेलले जानकारी दिए ।

कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख ( मेयर) हिरा खत्री, देवदह खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष गुमान सिंह कुंवर क्षेत्री लगाएत उपस्थीत रहेको थियो । लायन्स मणिग्रामले सामाजीक क्षेत्रमा २०२०÷०२१ को बार्षिक कार्ययोजना बिभिन्न स्थान गरि ३ स्थानमा यस्तो प्रकृतिको पानी टैंकी स्थापना गरेको छ । यस्तै अनाथ आश्रमा आवश्यक विभिन्न सामग्रीहरु प्रदान गर्नुको साथै कोरोना भाइरस बाट बच्ने जनचेतनामुलक कार्यक्रम समेत गरेको छ ।

यस्तै क्लवले विभिन्न स्थानमा माक्स तथा सेनीटाईजर वितरण, औषधि बितरण, कम्प्युटर प्रदान, गरिब तथा जेहेदारलाई बिद्याथीको स्कुल को सम्पूर्ण शुल्क समेत क्लवले व्यहोरेको लायन्स क्लव अफ मणीग्रामका अध्यक्ष सुरज लम्सालले जानकारी दिए । उनका अनुसार क्लवले बृक्षारोपण समेत गरेर हाल सम्म १८ औं सामाजिक सेवा को काम गरिएको हो ।

प्रकाशित मिति : शनिबार, असोज ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij