बुटवलका २९ गरी रुपन्देहीमा आज ५४ जना कोरोना भाइरसका संक्रमित थपिए

बुटवलका २९ गरी रुपन्देहीमा आज ५४ जना कोरोना भाइरसका संक्रमित थपिए

भैरहवा– बुटवल उपमहानगरपालिकाका २९ गरी रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार साँझ ६ बजेसम्म रुपन्देहीका विभिन्न ९ स्थानीय तहमा संक्रमित थपिएका छन्।
थपिएका संक्रमित मध्ये सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा १३ महिला र १६ पुरुष गरी २९ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिनुभयो।
उहाका अनुसार सैनामैना नगरपालिकामा ७, गैडहवा गाउँपालिकामा ६, तिलोत्तमा नगरपालिकामा ५ सिद्धार्थनगर नगरपालिका क्षेत्रमा ३ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै ओमसतिया, रोहिणी र देवदह नगरपालिकामा १र१ जनामा संक्रमण पुष्टि भएको छ। आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार ५४ पुगेको छ।
कार्यालयले दिएको तथ्यांकअनुसार हालसम्म २१ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न पछिल्लो २४ घण्टामा ३२ जना संक्रमण मुक्त भई हालसम्ममा १२६० जना निको भएर फर्किसकेका छन्, ७७३ जना सक्रिय संक्रमित विभिन्न होम तथा अस्पतालका आइशोलेशनमा उपचाररत छन्।

प्रकाशित मिति : आइतबार, असोज ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij