बुटवल-नेपालमा मंगलबार थप १३ सय ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न प्रयोगशालामा गरिएको ११ हजार १५४ जनाको परीक्षणमा थप १३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
यससँगै नेपालमा काेराेना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेकाे छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ ।
यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ४८ हजार ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८२३ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
प्रकाशित मिति : मंगलबार, असोज ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्