टर्कीले संयुक्त राष्ट्रसंघमा जम्मु–कश्मीरको मुद्दा उठायो , भारतको आपत्ति

टर्कीले संयुक्त राष्ट्रसंघमा जम्मु–कश्मीरको मुद्दा उठायो , भारतको आपत्ति

काठमाडौं । टर्कीले संयुक्त राष्ट्रसंघमा जम्मु–कश्मीरको मुद्दा उठाएको छ । तर, भारतले भने टर्कीले आन्तरिक मामिलामा दखल दिएको भन्दै आपत्ती जनाएको छ ।

संयुक्त राष्ट्रसंघको ७५ औं वर्षगाँठको अवसरमा आयोजित बैठकलाई भिडियो सन्देशमार्फत् सम्बोधन गर्दै टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले दक्षिण एसियामा शान्ति र स्थीरताका लागि जम्मु–कश्मीर मुद्दा सुल्झाउनु पर्ने बताए । भारतले जम्मु–कश्मीरको विशेष राज्यको दर्जा खोसेकाले स्थिति जटिल बनेको उनले बताए ।

अर्दोआनको यो टिप्पणीप्रति भारतले आपत्ती जनाएको छ । संयुक्त राष्ट्रसंघमा भारतका प्रतिनिधि टिएस त्रिमूर्तिले भने, ‘भारतको केन्द्र शासित प्रदेश जम्मु–कश्मीरप्रति हामीले राष्ट्रपति अर्दोआनको टिप्पणी देख्यौं । यो भारतको आन्तरिक मामिलामा हस्तक्षेप हो । भारत यसलाई पूर्णरुपमा अस्वीकार गर्दछ । टर्कीले दोस्रो देशको सम्प्रभूतालाई सम्मान गर्न सिक्नुपर्छ ।’

एक दिन अगाडि पनि पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले संयुक्त राष्ट्रसंघमा जम्मु–कश्मीरको मुद्दा उठाएका थिए ।

भारतले गत वर्ष अगष्टमा जम्मु–कश्मीरको विशेष राज्यको दर्जा खोसेको थियो र पूरै राज्यलाई दुई केन्द्रशासित प्रदेशमा बिभाजन गरेको थियो ।

प्रकाशित मिति : बुधबार, असोज ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij