नेपालमा पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना संक्रमण भएको बताउनुभयो ।

२४ घण्टामा ९४४९ जनाको पीसीआर परीक्षण गरिएको छ ।नेपालमा हालसम्म ६७ हजार ८०४ जना कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८९३ जना डिस्चार्ज भएका छन् ।अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४९९५४ रहेको छ

पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।मृत्यु हुनेमा ६ जना पुरुष र १ जना महिला छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार झापा, सिरहा, काठमाडौं, ललितपुर, बर्दियामा गरि जम्मा ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, असोज ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij