धादिङ – अविरल वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा ठाउँ–ठाउँमा पहिरो गएको छ । सडकमाथिबाट आएको पहिरो र लेदोले राजमार्गमा क्षति पुर्याएको छ ।
जोगीमारा, मौवा खोला, जवाङखोला, तिकराङ, गजुरीको घाटबेँसीलगायत २० भन्दा बढी ठाउँमा पहिरो गएको सडक साइट कार्यालय गजुरीका प्रमुख इन्जिनियर कृष्णराज अधिकारीले बताउनुभयो । राजमार्गमा पहिरो आएको र केही ठाउँमा सडक भासिएपछि गाडी चल्न कठिनाइ भएको छ ।
सडक विभागको डोजरले राजमार्गमा आएको पहिरो पन्छाउँदै गरेको भए पनि अविरल वर्षाले गर्दा माथिबाट पहिरो झरिरहेको छ । धादिङ खण्डमा ७४ शाखा सडक खनेका कारण सानो पानी पर्दा पनि पहिरो र लेदो झरेर राजमार्ग बन्द हुने गरेको छ ।
जताततै पहिरो खसेका कारण सडकमा एकतर्फी गाडी सञ्चालन भएको छ । प्रहरीले सुरक्षित भएर मात्र यात्रा अघि बढाउन सुझाव दिएको छ ।
प्रकाशित मिति : बिहिबार, असोज ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्