बुटवल । बुटवलमा जारी प्रथम स्मृति कप अन्तरविद्यालय नकआउट छात्र फुटबल प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा सेन्ट जोसेफ भलवारी विजयी भएको छ ।
सेन्ट जोसेफ र न्यू नमूना बोर्डिङ स्कूल भलूहीबीच भएको खेलमा सेन्ट जोसेफ विजयी भएको हो ।
खेलमा बराबरी भएपछि ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा सेन्ट जोसेफले ५-४ गोल अन्तरले विजयी भएको हो ।
सोमबारको पहिलो खेल विशेष कारणले स्थगित भएको छ । नविन औद्योगिक मावि र प्रभातमाविबीचको खेल बुधबार हुनेछ ।
त्यस्तै आज मंगलबारको पहिलो खेल तिनाउ इङलिस् बोर्डिङ स्कूल र होराइजन जिबिएसबीच हुनेछ ।
दोस्रो खेल शान्ति नमूना मावि र ज्ञानपुञ्ज बोर्डिङ स्कूलकाबीच हुने स्मृति स्पोर्टर्स क्लबका अध्यक्ष महेश खनालले जानकारी दिए ।
प्रतियोगितामा रूपन्देहीको संस्थागत र निजी विद्यालयका गरी २८ विद्यालय सहभागी छन् ।
प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार एक सय ११ रूपंैयाँ मेडल र प्रमाणपत्र पाउनेछ ।
त्यस्तै द्वितीयले नगद २५ हजार एक सय ११ रूपैंयाँ प्राप्त गर्नेछ । प्रतियोगिता मंसिर २९ गतेसम्म चल्नेछ ।
प्रकाशित मिति : सोमबार, मंसिर १७ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्