बुटवलका ३५ सहित रुपन्देहीमा शनिबार थप ६६ जनामा कोरोना संक्रमण पुष्टि

बुटवलका ३५ सहित रुपन्देहीमा शनिबार थप ६६ जनामा कोरोना संक्रमण पुष्टि

बुटवल ।
बुटवलका ३५ सहित रुपन्देहीमा शनिबार थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २१ महिला र ४५ पुरुष गरी रुपन्देहीमा थप ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

यससँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या २ हजार ४ सय १२ पुगेको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शनिबार बुटवल उपमहानगरपालिकाका ११ महिला र २४ पुरुष गरी ३५ जना, सिद्धार्थनगर नगरपालिकाका ५ महिला र ८ पुरुष गरी १३ जना, तिलोत्तमा नगरपालिकाका २ महिला र ४ पुरुष गरी ८ जना,देवदह नगरपालिकाका १ महिला र ३ पुरुष गरी ४ जना,सुद्धोधन र मायादेवी गाउपालिका २÷२ जना,सैनामैना नगरपालिका र ओमसतिया गाउपालिकाका १\१ जना गरी ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा हालसम्म १ हजार ७ सय २६ जना कोरोना संक्रमित निको भएका छन भने हाल ६ सय ६४ जना उपचाररत रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लामा हासम्म २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : शनिबार, असोज १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij