विराटगनर । झापाका कोरोना संक्रमित पुरुषको विराटनगरमा मृत्यु भएको छ । कनकाई नगरपालिका– ९ का ४७ वर्षीय पुरुषको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ ।
शनिबार कोरोना संक्रमण पुष्टि भएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि शनिबार राति नै विराटनगर ल्याइएको थियो । राति १०ः४५ बजे अस्पताल ल्याइपु¥याए पनि उनको तत्कालै मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
शरीर कमजोर हुने, ज्वरो आउनेलगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा पुरुषको रिपोर्ट पोजेटिभ आएको थियो ।
प्रकाशित मिति : आइतबार, असोज ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्