बाँकेमा थप एकजना कोरोना संक्रमितको आइतबार मृत्यु

बाँकेमा थप एकजना कोरोना संक्रमितको आइतबार मृत्यु

बाँकेमा थप एकजना कोरोना संक्रमितको आइतबार मृत्यु भएको छ ।    नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरस्थित आइसोलेसनमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–९ का ४७ वर्षीय पुरुषको बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको प्रशासनिक फाँटमा कार्यरत कर्मचारी समेत रहेको अस्पतालले जनाएको छ ।

प्लाज्मा थेरापी विधिका साथै रेमडिसिभर समेत प्रयोग गरी उपचार गरिएपनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

कोभिड संक्रमणको आशंकामा भदौ २९ गते उनको स्वाब संकलन गरिएकोमा भदौ ३१ गते संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमण पुष्टि भएसँगै उनलाई सोही दिन राति ८ः२५ बजे अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको थियो ।

उनी दुवैतर्फको फोक्सोमा निमोनिया हुनुका साथै मधुमेह लगायतका स्वास्थ्य समस्था रहेको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

प्रकाशित मिति : आइतबार, असोज ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij