बुटवलका २४ सहित रुपन्देहीमा शनिबार थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

बुटवलका २४ सहित रुपन्देहीमा शनिबार थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

बुटवल ।
बुटवलका २४ सहित रुपन्देहीमा शनिबार थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १७ महिला र २५ पुरुष गरी रुपन्देहीमा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
यससँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या २ हजार ४ सय ५४ पुगेको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आइतबार बुटवल उपमहानगरपालिकाका ७ महिला र १७ पुरुष गरी २४ जना, तिलोत्तमा नगरपालिकाका ३ महिला र ३ पुरुष गरी ६ जना, सिद्धार्थनगर नगरपालिकाका ४ महिला र १ पुरुष गरी ५ जना, ,सैनामैना नगरपालिका १ महिला र २ पुरुष गरी ३ जना तथा देवदह नगरपालिका,मायादेवी गाउपालिका र ओमसतिया गाउपालिकाका १÷१ जना गरी ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

रुपन्देहीमा हालसम्म १ हजार ७ सय ६३ जना कोरोना संक्रमित निको भएका छन भने हाल ६ सय ७० जना उपचाररत रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्लामा हासम्म २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : आइतबार, असोज ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij