JanataToday.com

Advertisment

SKIP THIS

सुनचाँदी व्यवसायी महासंघ प्रदेश ५ मा बुद्धि बहादुर विकको नेतृत्व

सुनचाँदी व्यवसायी महासंघ प्रदेश ५ मा बुद्धि बहादुर विकको नेतृत्व

सुनचाँदी व्यवसाय कला, सिप र सस्कृतसँग जोडिएकाले सरकारले प्रोत्साहन गर्नुपर्छ: जिसस रुपन्देही संयोजक विश्वकर्मा

 बुटवल-नेपाल सुनचाँदी व्यवसायी महासंघ, प्रदेश न. ५ को सोमबार बुटवलमा सम्पन्न प्रथम साधारण सभा तथा अधिवेसनबाट बाँकेका बुद्धि बहादुर विकको अध्यक्षतामा १५ सदस्यिय नयाँ कार्यसमिति चयन भएको छ ।

महासंघको उपसभापतिमा विक्रम बहादुर सुनार (रुपन्देही), अर्को उपसभापतिमा गोपाल बहादुर सुनार (गुल्मी), सचिवमा डिल बहादुर सुनार(कपिलबस्तु), सहसचिवमा हरि बहादुर सुनार (रुपन्देही), कोषाध्यक्षमा सञ्जय सोनी(बाँके) र सहकोषाध्यक्षमा राजकुमार विश्वकर्मा (नवलपरासी)निर्विरोध निर्वाचित भएका छन् । यसैगरि सदस्यहरुमा विनोद कुमार विक, नित्यानन्द वर्मा, प्रेम कुमार स्वर्णकार, अर्जुन सुनार, मदन केसी, हिमांशु बैश्य, अमर बहादुर सुनार र टोपेन्द्र बराली निर्वाचित भएका छन ।

त्यस्तै सहमतिबाट चयन भएका सम्पूर्ण पदाधिकारी एवं कार्यसमिति सदस्यहरूले सोमबार नै पदहस्तान्तरण कार्यक्रममा पद तथा गोपनीयताको सपथसमेत ग्रहण गरेका थिए । निर्वाचन अधिकृत बाबुराम विश्वकर्माले नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराउनुभयो ।

यसअघि उद्घाटनसत्रमा जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्माले सुनचाँदी व्यवसायमा चुनौती रहे पनि यसले राष्ट्रिय अर्थतन्त्रमा विशेष भूमिका खेलेको बताउनुभयो । सुनचाँदी व्यवसाय कला, सिप र सस्कृतसँग जोडिएकाले सरकारले प्रोत्साहन गर्नुपर्ने बताउदै उहाले  अहिले सरकारले उद्योग प्रवद्र्धन र विकासका कार्यक्रम ल्याएको बताउँदै सुनचाँदी व्यवसायलाई कला र सस्कृतीका आधारमा बिशष्टि उद्योगका रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो । उहाले नेपालमा उत्पादीत गहनालाई अब अन्र्तराष्ट्रिय बजारसम्म पु¥याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

रुपन्देही सुनचाँदी व्यवसायी संघको आतिथ्यतामा भएको कार्यक्रममा महासंघका सचिव सुदीप श्रेष्ठले आफूहरु व्यवसायिक हकहितका निम्ति एकजुट भएको बताउनुभयो ।

साधरणसभाका अवसरमा महासंघका केन्द्रीय सदस्य धु्रव गहतराज, सल्लाहुद्धिन जयसवाल, देवि वर्मा, रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष एम.वि. विश्वकर्मा, बर्दियाका सचिव टंक सुनार, नवलपरासी अध्यक्ष राजेन्द्र सुनार, सिद्धार्नथर सुनचाँदी व्यवसायी संघका प्रकाश विक, बुटवल सुनचाँदी व्यवसायी महिलाका अध्यक्ष कमला विक लगायतले शूभकामना दिदै सुनचाँदी व्यवसायलाई राज्यले अझै पनि उपेक्षा गरेको गुनासो गरेका थिए । महासंघ प्रदेश ५ आयोजक कमिटिका संयोजक प्रेम कुमार सेन्चुरीको अध्यक्षता तथा सचिव जोगलाल विश्वकर्माको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति : सोमबार, असोज १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij