काठमाडौं । सरकारले विभिन्न २५ ओटा निर्णयहरु गरेको छ ।
मन्त्रिपरिषद्को यही असोज ११ गते आइतबार बसेको बैठकले सातओटा र असोज ८ गते बसेको बैठकले १८ ओटा निर्णयहरु गरेको हो ।
सोमबार सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पत्रकार सम्मेलनमार्फत् ती निर्णयहरु सार्वजनिक गर्नुभएको छ ।
जसअनुसार नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा डा। दीपककुमार भण्डारीलाई नियुक्त गरिएको छ ।
यस्तै, सशस्त्र प्रहरी बल, नेपालको गोताखोर तालिमप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई उद्धार कार्यमा खटिएको दिनको ३०० रुपैयाँका दरले प्रोत्साहन भत्ता र गोताखोर सशस्त्र प्रहरीलाई १० लाख रुपैयाँसम्मको विशेष बिमा गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।
मन्त्रिपरिषद्ले विभिन्न आर्थिक तथा प्राविधिक सहायता स्वीकार गर्नेलगायतका निर्णयहरु गरेको छ ।
मन्त्रिपरिषद्को असोज ११ गतेका निर्णयहरु पढ्नोस्


मन्त्रिपरिषद्को असोज ८ गतेका निर्णयहरु पढ्नोस्


प्रकाशित मिति : मंगलबार, असोज १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्