JanataToday.com

Advertisment

SKIP THIS

कञ्चन जेसिजको स्वास्थ्यका लागि खेलकुद प्रतियोगिता सम्पन्न

कञ्चन जेसिजको स्वास्थ्यका लागि खेलकुद प्रतियोगिता सम्पन्न

कञ्चन
कञ्चन जेसिजको गत हप्ता देखि शुरु भएको जेसिज सप्ताह चौथो दिनको कार्यक्रम अन्तर्गत बुधवार स्वास्थ्यका लागि खेलकुद अभियान सहित जेसिज युवाहरु बिच मैत्रीपुर्ण फुटवल प्रतियोगिता भएको छ। बर्ष २०१८ र बर्ष २०२० का अध्यक्षको नेतृतवमा भएको मैत्रीपुर्ण खेलमा बर्ष २०१८ का संस्थापक अध्यक्ष तथा आई पि पि चुडामणी पौडेलको समूहले शून्यका बिरुद्ध १ गोलले बर्ष २०२० का अध्यक्ष बाबुराम पौडेलको समूहलाई पराजित गरेको छ ।
जेसिज युवाहरुको तन मनलाई निश्चित लक्ष्य र उद्धेश्य प्रति केन्द्रित बनाउन सके कुनै पनि लक्ष्य पुरा गर्न कुनै गाह्रो हुदैन भन्ने भनाइलाई ब्यबहारिक रुपमा लागु गराउने उद्धेश्यका साथ जेसिज सप्ताहको कार्यक्रममा खेलकुदको कार्यक्रम समेत आयोजन गरिएको बर्ष २०२० का अध्यक्ष बाबुराम पौडेलले बताउनु भएको छ। खेललाई हारजितको भन्दा पनि जेसिज युवाहरु बिचको पारस्परिक सम्वन्ध र समन्वयले मात्र जेसिजको लक्ष्य र उद्धेश्य प्राप्त गर्न सकिने कुरालाई हरेक युवाहरुको मनमा आत्म साथ गराउन र एक आपसमा भातृत्वको बिकास गर्न साथै भबिष्यमा समाजको नेतृत्व गर्ने युवाहरुलाई स्वस्थ बनाउन खेवकुदको हायोजना गरिएको बर्ष २०२० का अध्यक्ष पौडेलले जानकारी दिनु भएको छ ।

jyc5.jpg
यस्तै बर्ष २०१८ का संस्थापक अध्यक्ष चुडामणी पौडेलले कुनै पनि काम गर्न र आफुले लिएको लक्ष्य र उद्धेश्य प्राप्तीका लागि हरेक ब्यक्ति स्वस्थ हुनु पर्ने र स्वस्थ ब्यक्तिले मात्र समाजको असल र सभ्य नेतृत्व दिन सक्ने भएकोले कञ्चन जेसिजले आफ्नौ नियमित कार्यक्रम अन्तर्गत जेसिज सप्ताहमा स्वास्थ्यका लागि खेलकुद भन्ने अभियान सहित मैत्रीपुर्ण फुटवल प्रतियोगिताको आयोजना गरिएको बताउनु भएको छ। खेलकुदले ब्यक्तिको तन र मनलाई निश्चित उद्धेश्य प्राप्तीका लागि केन्द्रिकृत बनाउन सहयोग गर्नुका साथै स्वस्थ रहनको लागि पनि सहयोग गर्ने संस्थापक अध्यक्ष पौडेलले बताउनु भएको छ। हारजित भनेको खेलाडी खेलाडी बिचको समन्वय,एकता र कलात्मक सिपले निर्धारण गर्ने भएकोले खेलकुद प्रतियोगिताबाट आफ्नो क्षमताको समेत परिक्षण हुने संस्थापक अध्यक्ष पौडेलले उल्लेख गर्नु भएको छ।
जेसिज युवाहरुको मैत्रीपुर्ण फुटवल प्रतियोगिता कन्चन २ मटेरिया को खेल मैदानमा सम्पन्न भएको खेलमा संस्थापक अध्यक्ष चुडामणी पौडेलको समूहलाई बिजय बनाउन खेलको ८४ औ मिनेटमा संस्थापक अध्यक्षको समूहका खेलाडी खेम बहादुर क्षेत्रीले १ गोल गरेका थिए ।जेसिज सप्ताह अन्तर्गत स्वास्थ्य सचेतना कार्यक्रम,सरसफाई कार्यक्रम र पुरस्कार बितरण तथा समापन कार्यक्रम गरी अझ ३ वटा कार्यक्रम सम्पन्न हुन बाकी रहेको महासचिव चित्र तुलाचनले जानकारी दिनु भएको छ।

प्रकाशित मिति : बिहिबार, असोज १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij